म यसरी ठगिएको हो - तपाईं नठगिनुहोस है
आजभन्दा २ महिना अघिको कुरा हो, करिब २० हजार जति सब्स्क्राइबर भएको मेरो युट्युब च्यानल ह्याक भयो। कारण यहि थियो कि 'तपाइको च्यानलमा हाम्रो बिज्ञ्ापन राखिदिनु परो' भनेर एउटा भिडियो पठाइएको थियो र मैले उक्त भिडियोलाई खोलेर हेरे तर चलेन। करिब रातको १२ बजेको थियो त्यस्पछि म सुते तर भोलिको दिउसो २ बजेतिर मलाइ थाहा भो मेरो जिमेल आइडि र च्यानल ह्याक भै सकेको रहेछ। ह्याकरले मेरो सबै रिकभर गर्ने अप्सनहरु परिवर्तन गरिसकेको रहेछ साथै मेरो च्यानलको नाम, च्यानल आर्ट परिवर्तन गरि सम्पुर्ण भिडियो हरुलाई पनि प्राइभेट राखिसकेको रहेछ। मैले अनेकौ कोशिश गरे तर सबै कोशिश व्यर्थै भयो। अब मलाई लाग्न थाल्यो 'उम्केको माछो ठुलो हो । '
मैले युटुब सँग सम्पर्क गर्ने सकेजति प्रयासहरु गरे तर सबै प्रयास विफल नै भए। किनकि एक त अहिले चलिरहेको महामारि र ग्राहक प्रतिनिधिको अभाव अनि अर्को चै युटुबको समस्या, गुनासो राख्नलाई कुनै आधिकारिक इमेल नै नभएको अवस्था । भोलि पल्ट मैले एक जना दाइले हाल्नुभएको भिडियो हेरे र दिएको लिन्क खोले तर दुर्भाज्ञ त्यो लिन्क डायनामिक हुने हुदो रहेछ, भन्नाले जसलाई दीइएको छ उसैले मात्र खोल्न र युटुबलाई पठाउन मिल्ने जसमा हामिले आफ्नो एकाउन्ट पुन प्राप्त गर्न मागेको विवरणहरु सोधिएका हुन्छ्न। अनि फेरि थाहा पाए ट्विटरबाट टिम युटुबलाई ट्यविट गरि जानकारि गराउदा त्यो फमको लिन्क पठाइदिन्छ रे। मैले युट्युबलाई ट्विटरको माध्यमले समर्क गरे र पठाएको फममा सम्पुर्ण बिबरणहरु खुल्ने गरि भरे, उनिहरुले मलाइ भन्यो केहि हप्ता लाग्छ तर आज करिब २ महिना बितिसकेको छ तर मैले अझ सम्म पनि केहि नता ट्विटरबाट नत जिमेलबाट जवाफ मैले पाउन सकिन। आशा छ चाँडै नै मैले मेरो एकाउण्ट फिर्ता पाउनेछु।
मेरो जिमेल ह्याक हुनमा शायद त्यो भिडियो नै प्रमुख कारक हुनु पर्छ, जसमा कोडिङ्ग गरिएको थियो। के कसैलाई थाहा छ यसमा कस्तो कोडिङ्गहरु राख्न मिल्छ र राखिएका हुन्छ्न्? क्रिपया तल कमेन्ट गरिदिनुहोला र यस्ता ह्याकिङ्गहरुबाट बच्नलाई कुनै अपरिचित व्याक्तिहरु बाट आएको फाइलहरु चाहे त्यो भिडियो होस या तस्बिर या अरु कुनै फाइलहरु हतपत कहिल्यै नखोल्नुहोला। हामिहरु प्राय आजभोलि पाइरेटेड सफ्ट्वेरहरु चलाउने गर्दछौ म नचलाउनुहोस भन्दिन किनकि सबै जेनुन सफ्ट्वेर चलाउन सक्ने क्षमता धेरैको नहुन सक्छ तर सुरक्षित वेबसाइटहरु बाट मात्रै डाउन्लोड गरेर चलाउ। यो डिजिटल दुनियामा हामि कतैबाटपनि सुरक्षित त छैनौ तरैपनि देखावटि गर्ने प्रयास गरौ, के थाहा भविस्यमा केहि होलाकि।
- सामाजिक संजालबाट
प्रतिक्रिया दिनुहोस्
comment url
