बिष्णु माझीको नयाँ गितले ल्याएको तरङ्ग - भिडियो सहित
बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग - १७ " चरी जेलैमा " - CHARIJELAIMA - Putaliko Vatti Vol -17
तिजको माहोल चलिरहेको बेला बिष्णु माझीद्वारा गाइएको 'चरी जेलैमा' भन्ने गित श्रोता दर्शकमाझ एकदमै लोकप्रिय बन्दै गएको छ ।
सुन्दरमणी अधिकारीद्वारा लेखन र संकलन गरिएको उक्त गितमा महिला दिदिबहिनीहरुले भोग्नुपरेको पिडाहरुलाइ उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । उत्कृष्ट शब्दमा रचना गरिएको उक्त गितमा बिष्णु माझिको स्वरले सुनमा सुगन्ध थपेको छ । गितको मुख्य बोल 'चरी जेलैमा' लाई विभिन्न तरिकाले प्रस्तुत गरिएको छ । दोश्रो लयको रुपमा 'मै छोरी रुँदै रुँदै बेशी मेलैमा' भन्ने भाग ले 'चरी जेलैमा' भन्ने शब्दावली लाई प्रस्ट पर्दछ, जहाँ 'चरी' लाई छोरीसङ्ग तुलना गरिएको छ ।
१७ मिनट ३२ सेकेन्डको गितमा एउटा पुर्ण पिडादायी कथालाई प्रस्तुत गरिएको छ । गितका शब्द र लयसङै भिडियोमा गरिएको वास्तविक र हृदयबिदारक प्रस्तुतिहरुले यो गित हेर्ने प्रयजसो दर्शकहरुको मन सिरिङ्ग हुने गर्दछ । कलाकारहरुको उत्कृष्ट अभिनय सङै बिच बिचमा गरिएको नृत्य प्रस्तुतीले गितमा अर्को उत्कृष्ट तरङ्ग थपेको छ । गित र भिडियोमा बिवाह पछि नारिले भोग्नुपर्ने सम्भावित दुर्घटनाहरु देखाइएको छ । गित सुन्दा जुन आनन्द प्राप्त हुन्छ त्यो भन्दा बढि भिडियो हेर्दा देखाइएका दृश्यले प्रय सबै लेकदोहोरी मन पराउने नेपालीहरुको मनमा एक किसिमको तरङ्ग उत्पन्न गराउँछ।
१२ लाख भन्दा बढीले हेरिसकेको उक्त गित यसपालीको तिजको बिशेष कोसेलीको रुपमा स्थापित हुने बिस्वास गर्न सकिन्छ ।
गित सम्बन्धि विवरण
Sapana Music Presents:- Bishnu Majhi's New Teej Song 2078/2021
बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग - १७ " चरी जेलैमा " - CHARIJELAIMA - Putaliko Vatti Vol -17
Song:- Chari Jelaima { चरी जेलैमा }
Vocal:- Bishnu Majhi
Chorus:- Mahima Acharya
Lyrics/Music:- Sundar Mani Adhikari
Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd
Special Thanks To:- Doleswor Mandir Bhaktapur & Raj Lila Baniya
Thanks To
Audio:-
Sarangi - Dharma Gandrba
Basuri - Gopal Dev
Madal - Khadka Budha
Sahanai - Bal Bahadur Jairu
Recordist - Gobinda Parajuli
Recordist - Deepak sangam bc
Pre Mixing - Rajendra Bajurali
Mixing - Khadka Bajurali
Arrange - Binod Bajurali
Studio - Malashree
Thanks To
Video :-
Artists - Lalita Poudel
Make up - Sakchyam Pudasaini, Saru Oli, Ang Dorje Shrepa & Susma Shrepha
Camera:- Shambhu Chalise
Edit:- Sujan Shahi
Ast. Choreograph - Madav Shrestha & Mohan Sunuwar
Art - Manik Lama
Choreograph By - Shiva B.K.
Post Production & Marketed:-Sapana Music Industries Pvt. Ltd.
Produced & Directed by: Sundar Mani Adhikari
को हुन गायिका विष्णु माझी
विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ /१७ वर्ष देखि स’क्रिय छिन ।
नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार रहने नेपाली लोक दोहोरी गायिका हुन् ।
विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्र’योग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मा-त्र फेला पार्न सक्छन् ।
विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुम’नाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् ।
पछील्लो समयका चर्चित गायक तथा सर्जक हुन गणेश अधिकारी उनका दर्जनौ लोक दोहोरी गीत हरु चर्चामा छन । ति मध्धे धेरै जसो गीत बिष्णु माझी सँग पनि गाएका छन । गुल्मी मा जन्मिएका अधिकारी छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक एबेम सर्जक हुन उनै सँगको कुराकानी मा बिष्णु माझि सङ्ग धेरै गीत गाउनु भयो दर्सक हरुले बिष्णु माझीको बारेमा धेरै प्रश्न गर्छन् तपाईं गीत गाउदा केके कुरा गर्नुभयो भनेर सोधेका थियौ जबाफमा यस्तो भनेका छन ।
