दिपाश्रीको जन्मदिनमा दिपकराज गिरीको संघर्षको कथा
हाँस्य कलाकार दिपक राज गिरीले दिपाश्री निरौलाको जन्मदिनमा सामाजिक संजाल मार्फत शुभकामना दिएका छन् ! उक्त शुभकामनामा उनले बाल्यकालदेखिका संघर्ष र दिपासंगको आत्मियता ब्यक्त गरेका छन् !
दिपक लेख्छन:
३० बर्ष अघिको कुरा हो
म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न
खुट्टामा चप्पल हुन्थ्यो , शरिरमा झुत्रे लुगा
तर ऑखामा मिठो सपना थियो
मिहेनत धेरै गरे , संघर्ष धेरै भयो ,तर सफलता अझै टाढा थियो
हरेक दिन संघर्ष संगै इश्वर संग प्राथना गरिरहन्थे
न मेहनत काम लागिरहेको थियो , न प्रार्थना !
त्यहि समय रेडियो नेपालमा एकदिन उनि संग मेरो भेट भयो
त्यो भेट बिस्तारै सहकार्यमा बदलियो,
“राम बिलास धनियॉ “ ५ बर्ष , “ तीतो सत्य”१२ बर्ष
बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यॉहा आइपुगेको छू
मैले इश्वर संग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए
तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनिलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन !!!
उनि एउटा यस्तो साथि ,जो अरूको खुशिका लागि आफ्नो खुशि त्यागिदिन्छ ,जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरू लाइ पिन्जडामा थुन्न सक्छ!!!
अरूकै लागि हॉस्न सक्ने,अरूकै लागि बॉच्न सक्ने
कसैको ऑशु देख्नै नसक्ने , मुख अलि छुच्चो तर मन सारै कमलो
जस्ले जे भनोस उनि संसार कै सबैभन्दा जाती छिन्
मेरो एउटा साथि छिन् !!!
जो सबैभन्दा माथि छिन् !!!
तिमिलाइ जन्मदिनको लाखौ, करौडौ, अरबौ, खरबौ शुभकामना
प्रिय साथि दीपा!!
