खाने एक दाना आन्न नहुदा काधमा राइफल
सुडान , रुवान्डा, बुरुन्डिका यी निग्रोहरुको घरमा अन्नको गेडा थिएन , लाखौं निग्रोहरु भोकभोकै मरे तर यिनको काँधमा लाखौं मूल्य पर्ने अत्याधुनिक राइफल कसरी आयो ? खुराफाती खैरेहरुले यिनलाई भोकमरीको स्थितिमा पुर्याए , जब भोखमरी लाग्यो तब यिनलाई अन्न दिएनन अरुहरुको अन्न लुटेर खान राईफल भिराए फलस्वरूप गृहयुद्ध सिर्जना भएर करोडौं मानिस मारिए । जसले यी निग्रोहरुलाई हतियार दिए तिनैले नेपालका माओवादिलाई हतियार दिएको हो। नेपाल सिर्फ २ देश बाट घेरिएको भुपरिवेष्ठित देश हो , नेपाल श्रींलका जस्तो समुन्द्री पहुँच भएको देश होइन , त्यसैले तमिललाई नर्वेले सहज रुपले हतियार आपुर्ती गर्यो तर नेपालको सन्दर्भमा प्रशस्त प्रश्न खडा हुन्थ्यो, चीन को यसखालको भूमिका कहिल्यै देखिंदैन यसैले संदेहको औंला भारत तिर सोझिन्छ र भारत मार्फत पश्चिमा तर्फ सोझिन्छ त्यसैले सेनाको हतियार खोसेको नौटंकी गर्न नेपाली सेना भित्र रहेका जासुस मार्फत सूचना लिएर दाङ्गको ब्यारेक हानियो , दाङ्ग आक्रमणमा सेनाका ठूला अधिकृत नै संग्लग्न थिए भन्ने पोल खुलिसकेको छ ।
मंगलसेन आक्रमणमा पनि सेनाका केही अधिकारिहरुको यस्तै भूमिका रह्यो र सेनाका तल्लो तहका जवानहरुलाई बलिको बोको बनाइयो। कुलमान खडका सँग माओवादिको सम्बन्ध लुकाईरहने विषय रहेन । बास्तबमा सेनाका ठूला अधिकारिलाई लठ्ठाएर प्रभावमा राख्ने र आफ्नो योजना मुताबिक नचाउन हैसियत प्रचण्डको हुँदै होइन , यी सबै पात्र पश्चिमाका गोठाला हुन र तिनैले यो सब तालमेल मिलाइदिएका हुन। शसस्त्र प्रहरी संग सेनाको जस्तो आधुनिक हतियार थिएन र जवानहरु पनि जनपद प्रहरी बाट आधा र सेना बाट आधा समावेश थियो, सेनाका कुशल लडाकुहरुलाई शसस्त्रमा समावेश गरिएको थिएन तर शसस्त्रको कुनै पनि ब्यारेक माओवादिले कब्जा गर्न सकेन , शसस्त्र संगको भिडन्तमा माओवादिले क्षति ब्यहोरेको थियो तर माओवादिले सेनाको ब्यारेक नै कब्जा गरेको थियो , यसको अर्थ सेना भित्र पश्चिमाहरुको बलियो घुषपैठ थियो र प्रत्यक ब्यारेकको हर क्षणको सूचना पश्चिमाले पाउँथ्यो र पश्चिमा मार्फत यो सूचना माओवादी सम्म पुग्थ्यो तर शसस्त्र प्रहरी भित्र पश्चिमाको यो तहको घुषपैठ हुन सकेन। शसस्त्र भित्र घुसपैठ गर्ने बारम्बारको प्रयाश असफल भएपछी र शसस्त्रका महानिरिक्षक कृष्णमोहन श्रेष्ठ ले सप्रमाण यी तथ्य चाल पाए पछि उनलाई सिध्याइयो। नेपाली सेनाले नै प्रचण्डहरुलाई सुरक्षा दिएर सम्बन्धित अखडामा छोड्थ्यो भन्ने तथ्य बाहिरिएको छ , एकातिर सेनाको यस खालको भूमिका थियो तर यहि सेना गाउँ छिरेर सोझासाझालाई दुख दिने , सताउने , बलात्कार गर्ने , गाउँ नै आगलागी गराउने , आतंककारीलाई पालेको भन्दै सोझासाझाको हत्या गर्ने कार्य गरेर कथित जनयुद्ध चर्काउन बल प्रदान गरिएको थियो।
एकजना काँग्रेस नेता माथी माओवादिले गोलि हान्यो र हेलिकप्टर बाट काठमाडौ लगियो, उनको शरीर बाट गोलि निकालियो , गोलिको सिरियल नम्बर र यसको म्यानुफ्याक्चरिङ कम्पनिको बारे अनुसन्धान गर्दा पत्ता लाग्यो कि यो गोलि सेना बाहेक अरु संग हुँदैन , यो घटना त्यति बेलाको हो जतिबेला दाङ्ग मा माओवादी आक्रमण भएको थिएन र दर्जनौ प्रहरी मारिएर सयौं प्रहरी अपहरण हुँदा समेत प्रहरिहरु मुक्त गर्न खटिन अस्विकार गर्दै थियो। विचौर प्रहरी चौकी हमला हुँदा विहान ७ बजे सम्म प्रहरी भिडेका थिए तर बिहान गोलि सिद्दिए पछि माओबादिले २९ जना प्रहरिलाई बन्चरो ले काटेर हत्या गरेका थिए, यी घटनाहरुमा धेरै प्रहरिहरु गोलि सिद्धिएर र सिघ्र उपचार नभएकोले मरेका थिए त्यसैले प्रहरिले सरकार सँग बाराम्बार हेलिकप्टर माग गरेको थियो तर हरेक पटक सेनाले प्रहरिको लागि हेलिकप्टर खरिद गर्न भाँजो हालेको थियो। त्यो बेला प्रहरिलाई बलिको बोको बनाइएको थियो यद्यपि प्रहरिले पनि बुद्धि बिगारेर जनता समक्ष कुकुर्म गरेको थियो फलस्वरूप प्रहरी प्रती जनताको आक्रोश सिर्जना भएको थियो। माओवादी विद्रोह एउटा विन्दुमा पुगेपछी यसलाई विसर्जन गर्नु थियो किनकि यिनलाई सत्तामा पुर्याएर आफ्नो नीति लागू गराउनु थियो तर माओवादी त भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवाद बिरुद्ध लड्ने भन्दै सोझासाझा मराउँदै थियो अब कसरी बिसर्जन गर्ने ? तब उच्च स्तरको खुराफाती नाटक मंचन गरियो , सेना र माओवादी बिच रुकुमको खारामा भिषण भिडन्त गराइयो , ६०० माओवादी लडाकु मारिए , यस पछि प्रचण्डले भने हामी साम्राज्यवादी शक्ति बाट घेरियौं , अब बुद्धि पुर्याइएन भने हामी सबै सिद्धिन्छौ , अब सत्ता सँग बार्ता गरेर सत्तामा पुगेर बाँकी र अधुरा लक्ष्य पूरा गर्नपर्छ। जानकारहरुले अहिले पोल खोल्दैछन : खारा आक्रमणमा सम्पूर्ण सूचना सेनालाई दिने माओवादिको मूल नेतृत्व नै थियो किनकी दुबैको लिंक आखिर पश्चिमा शक्ति हुन । सेनाका तल्लो तहका जवान मरे , माओवादिका पनि तल्लो र मध्ययम तहका कार्यकर्ता मरे , प्रहरिको पनि तल्लो र मध्ययम तहका प्रहरी मरे , काँग्रेस- एमाले-राप्रपाका पनि तल्लो तहका कार्यकर्ताहरु मरे , देशले हार्यो तर यी सबै पक्ष भित्र पश्चिमाका जासुसहरु थिए ती सबै सुरक्षित रहे मात्र होइन अहिले पनि तिनैको हालिमुहाली छ। यो देशमा हजारौं नागरिकको रगतको खोला बगाएर यो देशलाई प्रयोगशाला बनाइयो , सबैभन्दा अश्चर्यजनक पक्ष के हो भने जनता यिनै पश्चिमा दलालहरुको पछि कुददै छन ।
कतिपय व्यक्तिहरु देश बचाउन अब सेना अघि सर्नपर्छ भन्दैछन, आफ्नो परमसेनाधिपती र राष्ट्रको सर्वोच्च व्यक्तिलाई सुरक्षा दिन नसक्ने , व्यापार गरेर बस्ने र पश्चिमाको जासुसि गर्ने सेना हामिले पालेका छौं र यो सेना बाट देश बच्ने आश गर्नु मूर्खता हुन्छ । जुन दिन बाट पिसकोर नेपाल छिर्यो , सेन्ट मेरिज , सेन्ट जेभियर्स जस्ता ठूला मिसनरी कलेज खुलेर सैनिक अधिकृतका छोराछोरी लाई ती कलेजमा सित्तैमा अध्ययन गराउने परिपाटी बस्यो त्यो दिन देखि नै सेनामा घुसपैठ भएको थियो, यसैले सेनाका पूर्व प्रमुखहरु MCC को पक्षमा बोल्नु अनौठो होइन, सेनाको कारण राजा विरेन्द्र पनि धुरुक्क रोएका थिए भनिन्छ , उनले सेन्टमेरिज, सेन्ट जेभियर्स कलेज लगायत दर्जनौ INGO माथी बन्देज गर्न खोज्दा सेना र दरबार भित्रकै आफ्ना नातागोताको तिब्र बिरोधको कारण असफल रहेको भनिन्छ किनकी पश्चिमी डलरको एक्सेस सबैठाउँमा पुगेको थियो।
कुनै पनि देशमा सेना हुकुमको एक्का हो , अब हाम्रो देशमा सेनाको ताल नै यहि छ भने देशको भविष्य र गति के होला ? नेपालिहरु भेंडाको गतिमा कहिले सम्म ऊल्लू बनिरहने हो !