कस्तो नशा हौ तिमी ज्यानमा आगो जलाई दिने

शृङ्गारीक_गजल


कस्तो नशा हौ तिमी ज्यानमा आगो जलाई दिने,

पापी नजर डुल्न थाले मनमा पाप पलाई दिने।


पिउदै गरेको नशामा त्यति नशा थिएन पक्कै,

जुन नशा तिमीमा पिए हातखुट्टा गलाई दिने।


तिमी यस्तो नशा हौ बिना शितन खान मिल्ने,

रहर थियो त्यो नशालाई यि हातले चलाई दिने।


नजिक गई बस्दा पनि मगमग बसाइ दिन्छौ,

नखाउ भने मन नमान्ने खाए शरीर ढलाई दिने।


हार्दा हार्दै जितेको पत्तो पाइनौ होला तिमीले 

डुबाएर यो जड्याहा लाई नशैनशा दलाई दिने।।


ममता अर्याल, लैलै✍️


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url