प्रस्न शिक्षककाे, उत्तर तपाईंको - राजेन्द्र दहाल
प्रस्न शिक्षककाे, उत्तर तपाईंको!
उत्तर बताइ दिनुस् मलाई सर तपाई, के छ उपाय भनी ?
कसरी राख्ने हाे बालबालिकालाई कक्षामा ज्ञानी बनाउने अनि ?
कसरी सिकाउने हाे उनिहरूलाई जस्तो स्थितिमा पनि ?
के भए मान्छन र जान्दछन खुरू खुरू गर्छन आफनाे काम अनि ?
कसरी गृहकार्य समयमै गर्ने बनाउने, कसरी हाे पढाउने ?
जस्तोसुकै परिस्थितिमा पनि कसरी हाे अघि बढाउने ?
केही जान्ने छन काेहि अलि ढिलाे लाग्छ मलाई, कसरि हाे पढाउने ?
के के गरि गरिकन उनिहरूलाइ सक्षम मैले बनाउने ?
उपल्लो कक्षामा रहेर पनि केही, जान्दै नजान्ने हेर ।
बिधालय भन्छ पढाउनुपर्छ, अब के गर्ने हाे र ?
अक्षरै नचिन्ने बालक बालिका कक्षामा कसरी पढाउने मैले ।
अक्षरनै सिकाउन लागेमा उस्लाइ पाठयभार भ्याउने कैले ?
क्रमस ...
राजेन्द्र दाहाल
ललितपुर